साँच्चिकै सजिलो छ:
मानबहरु बढ्दै जान्छन
तर पृथ्वी कहिले पनि बढ्दैन |

भन्नुको मतलब,
सबैलाई सबै चिज कम पर्नु |
बोट बिरुवा र जनावरलाइ थोरै ठाउं हुनु |


हामीले हावा, पानी, जंगल र बन्यजन्तुलाई बचाउने जतिसुकै कोसिस गरेपनि बढ्दो जनसंख्याले हाम्रो प्रयास क्षणभरमा नै निरर्थक बनाइदिन्छ |

प्राकृतिक श्रोतको लागि द्वन्द्व सुरु भइसक्यो, र तैपनि सो द्वन्द्वको प्रमुख कारणलाई प्राय: जसोले बेवास्ता गर्छन र कसैले त अस्वीकार नै गर्छन |

के मानव (होमो सेपिएंस) आफ्नो सीमा निर्धारण गर्नलाई बुद्दिमान छ त?
वा उसको बौद्धिकता आफ्नो र आफ्नो परिवारको पेट भर्न र धनी बन्न, र अरु जीवित प्राणीहरु लाई विस्थापित गर्नमा नै प्रयोग हुन्छ?

के हामी साच्चिनै गरिबी, प्रदूषण, भोकमरी अनि मृत्युले भरिएको संसारमा गएर टुंगिन्छौ?

ति सबै नहुन दिनलाई एउटा मात्र उपाय छ: बढ्दो जनसंख्या रोकौं !